सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भ्रष्टाचारी उपनाम पाएका हैटीका राष्ट्रपति जोभेनेल मोइसेलाई अज्ञात बन्दुकधारीले राजधानीस्थित घरैमा आक्रमण गरी हत्या गरेको त्यहाँका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् ।
राजधानी पोर्ट–औ–प्रिन्सस्थित राष्ट्रपति निवासमा स्थानीय समय अनुसार बुधबार राति १ बजे अज्ञात बन्दुकधारीले हमला गरेका थिए । उक्त आक्रमणमा प्रथम महिला घाइते भएकी छिन् ।
अन्तरिम प्रधानमन्त्री जोसेफले भनेका छन्, ‘राज्यको निरन्तरताको ग्यारेन्टी गर्न सबै उपायहरु अवलम्बन गरिएको छ ।’
५३ वर्षीय राष्ट्रपति सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए । सत्तामा उनको समय निकै उतारचढावपूर्ण थियो । उनीमाथी भ्रष्टाचारको आरोप लागेको छ । उनको सरकारविरुद्ध पटकपटक हिंसात्मक प्रदर्शनहरु हुँदै आएका थिए ।
यसै वर्षको सुरुतिर राजधानी र देशका अन्य भागमा उनको राजीनमा माग्दै व्यापक प्रदर्शनहरु भएका थिए ।
हैटियन प्रतिपक्षका अनुसार मोइसेको पाँचवर्षे कार्यकाल गएको ७ फेब्रुअरीमा अन्त्य हुनुपथ्र्यो । उनीहरुले यसअघिका राष्ट्रपतिले पद त्यागेको दिनबाट हिसाब गरेर ७ फेब्रुअरीमा मोइसेको कार्यकाल सकिनुपर्ने जिकिर गरेका हुन् ।
मोइसे भने आफूले सन् २०१७ को ७ फेब्रुअरीसम्म कार्यभार नसम्हालेकोले उक्त मितिबाट पाँच वर्ष नपुगेको बताउँथे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा