सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन ।
युरोकप अन्तर्गत आज दुईवटा खेल हुनेछन् ।
क्वाटर फाइनलको पहिलो खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा आज राति ९ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्ड र स्पेनबीच हुँदैछ ।
स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो ।
यसैगरी दोस्रो खेल जर्मनीको एलिनाज स्टेडियममा राति १२ बजेर ४५ मिनेटमा बेल्जियम र इटालीबीच हुनेछ ।
फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।
अष्ट्रियालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको इटाली पनि यसपटक युरोकप जित्ने दाउमा छ ।।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा