सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो ।
पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति विफ्रिङ गर्न बैठक बोलाइएको हो ।’ महतले भन्नुभयो ।
बैठकमा क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड बनाउने तयारी पनि छ । हिजो नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा