सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रहरीले एटीएम कार्डबाट करोडौं रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरेर अरुको खाताको रकम झिक्ने गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले ७ जनाको समूहलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मुख्य योजनाकार दोलखाका सुरेश केसी, आईटी इन्जिनियर अभिषेकसहित केवलप्रताप जबरा, अनुज नकर्मी, रोमन महर्जन, विजय लामा दोङ, र भारतका नदिम खान रहेका छन् ।यो समूहले काठमाडौंका साथै भारतका ठूला ब्यापारी तथा कम्पनीहरुले सञ्चालनमा ल्याएको प्वाइन्ट अफ सेल पीओएस मेसिनका सञ्चालकको मिलेमतोमा विभिन्न व्यक्ति तथा संस्थाको बैंक खातामा रहेको रकम चोरेको खुलेको छ ।
पीओएस मेसिनमा डेबिट, क्रेडिट, सेक्युरिटी, प्रिपेड र बैंक कार्ड प्रयोग गर्नेहरुको खताबाट करोडौं रकम चोरी भएको पाइएको छ ।यी समूहले क्षेत्रपाटीको डिसोभिनियरबाट ३० लाख, चाबहिलको चाँदनी ज्वैलर्सबाट ४७ लाख, भक्तपुरको पौरजिक थान्काबाट ४५ लाख र महाराजगञ्जको लिक्वायर कम्पनीबाट ४ लाख निकालेको खुलेको छ ।साथै दुई वर्षअघि पोखराको टिका रिसोर्टबाट २ करोड निकालेको खुलेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा