सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालको आजबाट ‘हिमाल–पहाड–तराई÷मधेस राष्ट्रिय अभियान’ सञ्चालन भएको छ ।पहिलो चरणमा चैत १–७ सम्म आन्तरिक तयारीसकिएपछि आजबाट अभियान सञ्चालनमा आएको पार्टीको केन्द्रीय कार्यकारीणी सदस्य एव्म प्रचार विभाग सह–संयोजक अरुणा रायमाझीले बताइन् ।नयाँ शक्तिले हिमाल, पहाड र तराई÷मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याइ संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ ।
फागुन २६ गते संयोजक डा. बाबुराम भट्टराईको विशेष उपस्थितिमा बसेको नयाँ शक्ति पार्टी, नेपालको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानमा के–के हुनेछ ?
–चैत ९–१२ सम्म देशव्यापी रुपमा ७ ठाउँमा सभा गर्नेे छ ।
–चैत ९ गते दिउँसो १२ बजे इनरुवामा र दिउँसो ४ बजे लाहानमा सभा गर्नेछ ।
–त्यस्तै चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा गर्नेछ ।
–चैत ११ गते दिउँसो १२ बजे भैरहवामा सभा हुनेछ ।
–त्यस्तै चैत १२ गते विहान ९ बजे कोहलपुरमा र दिउँसो २ बजे धनगढीमा समा हुनेछ ।
–सवै सभालाई पार्टी संयोजक डा.बाबुराम भट्टराईसहितका नेताले सम्बोधन गर्नेछन् ।
–चैत १३ गते दिउँसो २ बजे राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठक बसेर तेस्रो चरणको कार्यक्रम तय हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा