सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोलखा । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले दोलखाका विभिन्न गाउँमा पुगेर राहत वितरण गर्नुभएको छ ।
कोरोना महामारीबाट प्रभावित भएका र निषेधाज्ञाका कारण काम गुमाउँदा खाद्यान्न अभाव भएका नागरिकलाई दैनिक उपभोग्यवस्तु तथा स्थानीय तहका स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएको काफ्लेले बताउनुभयो । दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, नुन, तेल, चिउरा, चाउचाउसहित कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक मास्क सेनिटाइजरलगायतका सामान वितरण गरिएको हो ।
यस्तै,शैलुङ गाउँपालिका,जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका तथा गौरिशंकर गाउँपालिकाका स्वास्थ्य संथाहरुलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, थर्मलगन, अत्यावश्यक सिटामोल, जिङ्क जस्ता औषधि, पिपिई सेट, सेनीटाइजर, अक्सिमिटर, सर्जिकल माक्स, ग्लोव, सावुन , फेसशिल्ड जस्ता स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको छ ।
कोरोना महामारी रोकथामका लागि सरकारल निषेधाज्ञा लागु गर्नु अघि नै गृह जिल्ला दोलखा पुगेका काफ्लेले तत्कालै राहत दिन शुरु गर्नुभएको थियो । बिचमा उहाँ आफैं संक्रमित हुनु भयो र आफ्नै घर जफेमा आइसोलेशनमा बस्नु भयो । कोरोना संक्रमणमुक्त भएपछि फेरि राहत वितरण शुरु गरेको काफ्लेले बताउनुभयो । आफूले सबै स्थानीय तहमा पुगेर सहयोग गर्ने लक्ष्य लिएको र यो राहत वितरण अझै जारी रहने उहाँले जानकारी दिनुभयो । नेविसंघको पूर्वमहामन्त्रीसमेत भएको नाताले परिचय भएका स्वदेश तथा विदेशमा रहेका साथीभाइ तथा नेपाली कांग्रेसका शुभेच्छुकहरुले गरेको सहयोग र आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गरेको उहाँले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा