सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ६७५ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट ११ हजार ६९६ को परीक्षण गरिएकोमा २ हजार ४०१ नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । निको हुनेको प्रतिशत ८९.३ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५७ हजार ६१८ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ८७४ को आइसियूमा र २५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ५३ हजार ७३३ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ३ हजार ८८५ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४१ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
काठमाडौँमा ६ हजार ३८, भक्तपुरमा २ हजार १७८ र ललितपुरमा २ हजार ८५६ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३२ लाख ६२ हजार ५८९ र एन्टिजेन परीक्षण १ लाख ३८ हजार ३१३ को गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा