सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । जापानमा दयाकी देवी कन्ननकाे विशाल प्रतिमाको मुखमा मास्क लगाइएको छ । कन्ननप्रति समर्पित ५७ मिटर (एक सय ८७) फीटको बौद्ध प्रतिमाको मुखमा मास्क लगाइएको हो ।
प्रतिमाको मुखमा ४ दशमलव १ बाई ५ दशमलव ३ मिटर लामो ३५ किलो तौलको मास्क लगाइएको छ । यो मास्क लगाउन चार कर्मचारीलाई तीन घण्टा लागेको खबरमा उल्लेख छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नभएसम्म प्रतिमामा लगाइएको मास्क नखोलिने स्थानीय अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मूर्तिमा रहेकी देवीले एक बच्चालाई लिएर उभिएकी छिन् । त्यहाँ बच्चा सुरक्षित जन्मियोस् भन्ने कामना गर्ने गरिन्छ भने आफ्नो नवजात शिशुका लागि आशीर्वाद माग्नेहरूको पनि भिड लाग्ने गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा