सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल भाषा संरक्षण अभियानले विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा) को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनु पर्ने माग गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई नेपाल भाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धर, सदस्यहरु नवीनप्रकाश श्रेष्ठसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
नगर प्रमुख श्रेष्ठले ज्ञापनपत्र बुझ्दै आगामी असार ७ गतेदेखि शुरु हुने मध्यपुर थिमिको नगर परिषद्को बैठकमा यसलाई प्रस्तावको रुपमा पेश गरी अगाडि बढाउने बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा