सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एमाले झलनाथ खनाल र माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।
ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ ।
बैठकको समय भने तय भइनसकेको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ । योगेश भट्टराईसहितका नेताले प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावले एकताको वातावरण बनाउने बताइरहेका बेला अष्टलक्ष्मी शाक्यले भने विथोल्ने बताएकी छन् ।
ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको शाक्यले बताइन् । उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी साथ दिन सकिन्छ भन्या ? अब त झन झन मिल्न गाह्रो भइरहेको छ । एउटा एउटा फण्डा झिकेर अलमल्याउने काम भइरहेको छ । अब हामी अलमलिदैनौं । हामी भ्रममा छैनौं ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा