सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ चैत । गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे । उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए । प्रधानमन्त्रीले पनि लेखा समितिको बैठकमा आउने आश्वासन दिए ।तर वास्तविक तिथि तय भएन र सचिवालयसँग सम्पर्क गरेर मिति तय गर्न प्रधानमन्त्रीले आग्रह गरे । ८ गते आउन लागेपछि समितिले प्रधानमन्त्रीको सचिवालयलाई ताकेता गर्न थाल्यो ।
स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सभापतिको फोन उठाउन छोड्यो । सोमबारसम्म फोन नै उठेन । फोन नउठेपछि समिति सभापति उपाध्याय आक्रोशित भएका छन् ।काठमाडौ, चैत ८ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो पार्टी राप्रपा सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा प्रहरी र राप्रपा कार्यकर्ताबीच झडप भएलगत्तै बालुवाटार पुगेका थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी सरकारमै रहेको पार्टीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै यस्तै अवस्था रहे सरकार छाड्ने बताएका हुन् । निर्वाचन आयोगले गैरसंवैधानिक रुपमा आफ्नो विधानमाथि हस्तक्षेप गर्ने र प्रहरीले शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने भएपछि सरकारमा किन बस्ने ? भन्ने उनको प्रश्न थियो ।निर्वाचन आयोगले राप्रपाको विधानमा हरेको हिन्दू राज्य र राजतन्त्र शब्द हटाउन निर्देशन दिएपछि राप्रपा त्यसको विरोधमा उत्रिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा