सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जुम्लाः ठेक्का आफूहरुलाई पार्नु पर्ने भन्दै जुम्लामा एक समूहले सव–इन्जिनियरलाई कार्यालयभित्रै कुटपिट गरेको छ। सोमबार मध्यान्ह १२ बजेतिर दुईजनाको समूहमा आएका व्यक्तिलले भवन डिभिजन कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्रबहादुर खड्कालाई निर्घात कुटपिट गरेका हुन्।आइतबार सहरी विकास तथा भवन डिभिजन कार्यालय जुम्लाले १० वटा टेन्डर आह्वान गरेकोमा ती टेन्डर आफु सम्बद्ध कम्पनीको पक्षमा पार्नुपर्ने भन्दै चन्दननाथ नगरपालिका तलिउमका विष्णुबहादुर महत (गौरव) र खोेलीकाटका गगन बुढथापाले सव–इन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन्। पीडित चन्द्रबहादुर खड्काका अनुसार आइतबारको टेन्डर आह्वानपछि उनीहरुले उक्त ठेक्का आफूहरुले पक्षमा पार्नु पर्ने भन्दै कार्यालय प्रमुख जगदिश लामिछानेसँग विवाद गर्न आएका थिए।मदिरा सेवन गरी कार्यालय प्रमुखको कक्षमा छिरेका महत र बुढथापाले आह्वान गरिएका टेन्डर आफुहरुको पक्षमा पार्नुपर्ने माग राखेका थिए। साथै टेन्डरका लागि प्राप्त भएका निवेदन अरु खोस्न थालेपछि कार्यालय प्रमुख लामिछानेले रोकेका थिए। त्यसपछि कार्यालय प्रुमखसँग विवाद बढेपछि सव– इन्जिनियर खड्काले स्थानीय भएको र कार्यालय समयमा मदिरा सेवन गरी कार्यालयमा आएकाले उनीहरुलाई आग्रह गरेको बताए ।
तर, हाकिमसँग नै हातपात गर्ने अवस्था आएपछि रोक्न खोज्दा आफूलाई नाकमा र मुखमा हानेको पीडित खड्काको भनाई छ। इसरी दिनदहाडै कार्यालयमा छिरेर कर्मचारीमाथि कुटपिट गरेकाले हदैसम्म कारबाही गर्नुपर्ने खड्काले माग राखेका छन्। अहिलेको नयाँ प्रणाली अनुसार टेन्डर आह्वानपछि प्राविधक परीक्षण हुने र त्यसपछिमात्रै अन्य प्रक्रिया हुने भएपछि पैसा खाएको आरोप लगाउँदै उनीहरुले कार्यालयमै आएर आक्रमण गरेको उनले बताए।१० वटै टेन्डरको हाल्ने अन्तिम मिति आइतबार भएकोले निवेदन लिएको र त्यसको प्राविधिक मुल्यांकनपछि मात्रै अन्य प्रक्रिया अगाडि बढाउन मिल्ने खड्काले बताए। तर, टेन्डरमाथि परेका निवेदनहरुको प्राविधिक मूल्यांकनविना नै आफूहरुलाई पार्नुपर्ने भन्दै उनीहरुले कार्यालयमा आक्रमण गरेको भवन डिभिजन कार्यालयको भनाइ छ। उनीहरुले टेन्डर आह्वानका लागि आएका फाइलहरु समेत च्यातेको र केही आफ्नै साथमा लगेर भागेको बताइएको छ।
आक्रमणपछि भागेका महत र बुढा थापालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले बताए। दिउँसै कार्यालयमा गएर कर्मचारीमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुने काफ्लेले बताए। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले उनीहरुलाई सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत कारबाही हुने बताए। उनले कर्मचारीले काम गर्दा असुरक्षित हुनुपर्ने अवस्थाका सिर्जना हुन नदिनका लागि आक्रमणकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए।
विभिन्न कर्मचारी संगठनहरुले कार्यालय समयमा नै कर्मचारीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न संगठनहरुले निजामति कर्मचारीलाई आगामी दिनमा निश्पक्ष र निर्भयका साथ काम गर्ने वातावारण बनाउन प्रशासनसँग माग गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा