सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ७,दन्त चिकित्सकहरूले करिब ९० प्रतिशत नेपालीले उपयुक्त ढंगले दाँत माझ्न नजान्ने बताएका छन् । हालसम्म मुलुकमा यसबारे खासै अध्ययन नगरिए पनि उपचारका लागि आएकाहरूको अवस्था हेरेर दन्त चिकित्सकहरू यो आकलनमा पुगेका हुन् । ‘हाम्रो आकलनअनुसार करिब ९० प्रतिशतभन्दा बढी नेपालीला उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन,’ नेपाल दन्त चिकित्सक संघका अध्यक्ष डा. सन्तोषमान राजभण्डारी भन्छन् ।
उनका अनुसार धेरैजसो नेपालीले दाँत सफा गर्नुलाई महत्त्वपूर्ण माने पनि सही तरिका थाहा नभएर अधिकतम फाइदा लिन सकेका छैनन् । मुलुकमा बालबालिकामा करिब ९० प्रतिशत र वयस्कमा करिब ६० प्रतिशतसम्म दाँत किराले खाने समस्याको एउटा प्रमुख कारण सही तरिकाले दाँत नमाझ्नु हो । यति मात्र नभई दाँतसम्बन्धी समस्याले नेपालीको औसत आयुमा समेत असर पारिरहेको छ ।
ओरल म्याक्जिलोफेसियल सर्जन डा. सुवास घिमिरेसमेत दाँतलाई सफा गर्ने विधिमा खासै ध्यान नदिएको बताउँछन् । ‘हामीले दाँत सफा गर्नुलाई एउटा प्रक्रिया ठानेर दिनहुँ झारा टार्ने गर्छौं,’ डा.घिमिरे भने, ‘सर्वसाधारण, पढेलेखेका, विशेषज्ञ मात्र नभई चिकित्सकहरूलाई समेत उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन ।
’बहुसंख्यक नेपालीले दन्त चिकित्सक नजिक पुग्दा दाँत माझ्ने विधिबारे सोध्ने गरेका छैनन् । उनीहरूले कुन टुथपेस्ट, कस्तो ब्रस प्रयोग गर्ने आदिबारे मात्र सोध्छन् । दाँतलाई राम्ररी माझा कुल्ला, डेन्टल फ्लस आदि गर्दा करिब ६० प्रतिशत दाँतसम्बन्धी रोग हुनबाट जोगिन सक्ने डा. घिमिरे बताउँछन् ।
बिहान खाना खाएपछि र राति खाएर सुत्ने बेला गरी कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । एउटै ब्रस धेरै समयसम्म उपयोग गर्नु हुँदैन । दाँत माझदा फ्लोराइड भएको टुथपेस्ट उपयोग गर्नु उपयुक्त हुने दन्त चिकित्सकहरूको धारणा छ ।
दिनहुँ गर्ने एउटा प्रक्रिया जस्तै ब्रस वा दतिउन लियो, मिनेट न पुग्दै यताउता गर्यो र दाँत माझियो भनेर ठान्नेहरू नै बहुसंख्यक रहेको औंल्याउँदै डा. राजभण्डारी न्यूनतम दुईदेखि तीन मिनेटसम्म ब्रस गर्नुपर्ने बताउँछन् । ब्रस गरेपछि जिब्रो सफा गर्न भने बिर्सनु हुँदैन ।
यसले मुखमा भएका किटाणुहरूको संख्यालाई कम गर्छ ।ब्रसमा समेत ध्यान दिनुपर्छ । बजारमा कडा, नरम, मध्यम, बांगोटिंगो लगायतका विभिन्न प्रकारको ब्रस पाइन्छन् । उसो त तपाईंको गिजा र दाँतको स्वास्थ्य, उमेर हेरेर दन्त चिकित्सकले अनुकूल ब्रस प्रस्तावित गर्छन् ।
डा. राजभण्डारी सामान्यतया धेरै कडा वा बढी नरम ब्रस उपयोग नगर्ने सल्लाह दिन्छन् । कडा ब्रसले दाँत खिइने र नरम ब्रसले दाँत राम्ररी सफा नहुने हुँदा सामान्य व्यक्तिले न नरम, न कडा अर्थात् मध्यम लचकता भएको ब्रस उपयोग गर्नुपर्छ ।
मुखमा अनुकूल हुने हिसाबको ब्रस उपयोग गर्नुपर्छ ।ब्रस गर्दा दाँत र गिजालाई न घोचिने गरी माझ्नुपर्छ । किनभने हाम्रो औसत आयु बढिरहेको छ । हामीलाई सहज जीवन यापन गर्न ८० वर्षसम्म स्वस्थ गिजा र दाँत चाहिन्छ ।
सबैभन्दा पहिले ब्रसलाई माथिल्लो दाँतअन्तर्गत गिजाको माथिल्लो भाग राखेर तल दाँततिर आउन दिने । यही प्रक्रिया दोहोर्याउने । यसले गिजामा रक्तसञ्चार हुनुका साथै दाँतलाई समेत बलियो बनाउँछ । यसपछि तल्लो दाँतअन्तर्गत तलको गिजाबाट ब्रसलाई माथि दाँतसम्म लिएर जाने । ब्रस तलमाथि गर्नु हुँदैन ।
दाँतको भित्री भागमा समेत यसैगरी सफा गर्नुपर्ने जनाउँदै डा.घिमिरे टोक्ने भागमा पनि ब्रसले अगाडि/पछाडि गरेर सफा गर्नुपर्ने उल्लेख गर्छन् ।ब्रस आदि गर्दा दुई दाँतबीचको भाग सफा हुँदैन । यसैले दिनहुँ बिहान र राति गरेर दुई पटक डेन्टल फ्लस अर्थात् एक प्रकारको बेक्स मिसिएको धागोले दुई दाँतबीचको भागलाई सफा गर्नुपर्ने उनी बताउँछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा