सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ । बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपालले देशका सबै स्थानीय तहहरुलाई अपिल गरेको छ । कोभिड–१९ महामारीको समयमा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकतामा राख्न र स्थानीय तहको वार्षिक सहभागितात्मक योजना निर्माण प्रकृयामा उपयुक्त वैकल्पिक माध्यममार्फत बालबालिकाहरुको विचार र सहभागिताको सुनिश्चित गर्न कन्सोर्टियम नेपालले सबै स्थानीय तहहरुलाई पत्र पठाउँदै अपिल गरेको छ ।
अहिले तीनै तहका सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेका छन् । नीतिगत रुपमा नै स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिकाहरु समेतको सहभागिता सुनिश्चित गरिएको छ । स्थानीय तहहरुले आफ्नो सात तहको योजना निर्माण प्रकृयाका क्रममा बाल भेलासमेत गर्नुपर्ने भन्दै यसपटक कोरोना महामारीमा त बालबालिकाको विषयलाई अझै प्राथमिकतामा राख्न जरुरी रहेको कन्सोर्टियमको जोड रहेको छ ।
“कोभिड–१९ महामारीको दोस्रो लहरको वर्तमान अवस्थामा बालबालिकाहरु पनि प्रभावित भएका छन् । बालबालिहरुमा जोखिम बढ्दो छ । बालबालिकाहरुको पढाई अवरुद्ध भएको छ । मनोरञ्जनात्मक र अतिरिक्त क्रियाकलापहरुमा सहभागिता कम भएका कारण बालबालिकाहरुमा मनोसामाजिक समस्या पनि देखिएको छ” कन्सोर्टियम नेपाललको अपिल पत्रमा लेखिएको छ ।
बालबालिकाहरुमा हिंसाको जोखिम र बढ्दो अनलाइन माध्यमको प्रयोगमा अनलाइन सुरक्षाको सवालमा समेत विशेष ध्यान पुग्नुपर्ने कन्सोर्टियमको अपिलमा उल्लेखित छ ।
महामारीको समयमा बालबालिकाहरुको सुरक्षाका लागि सबैको उचित ध्यान र लगानी पनि हुनुपर्छ भन्दै उनीहरुका लागि समेत खोपको सुनिश्चितताका लागि आवश्यक पहल गर्न प्रदेश सरकार तथा संघ सरकारसँग कन्र्सोटियमले आग्रह गरेको छ ।
कोभिड–१९को दोस्रो लहर र निषेधाज्ञालाई मध्यनजरगर्दै वैकल्पिक माध्यम (भर्चुअल बालभेला, अनलाइन सुझाव संकलन, एमएमएस सुझाव, फोन सुझाव, बालक्लबहरुसँग सुझाव संकलन आदि)मार्फत बालबालिकाहरुको आवाज सुनिदिन कन्र्सोटियमको अपिल रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा