सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत ८ – क्रिष्टियानो रोनाल्डो पोर्चुगलको वर्ष खेलाडी घोषित भएका छन् । लिस्बोनमा सोमबार राति भएको अवार्ड समारोहमा रोनाल्डोलाई वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले रियल मड्रिडका साथी खेलाडी पेपे र स्पोर्टिङ लिस्बोनकाका गोलरक्षक रुइ पेट्रिसियोलाई पछि पार्र्दै अवार्ड जितेका हुन् । रोनाल्डोले गएको वर्ष आफ्नो नेतृत्वमा पोर्चुगललाई युरोकपको उपाधि दिलाएका थिए । यस्तै रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि उनको महत्वपूर्ण भूमिका थियो । उनले यसअघि बालोन डी’ओर र फिफा वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । अवार्ड ग्रहण गर्दै रोनाल्डोले साथी खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा समर्थकलाई धन्यबाद दिए ।
Cristiano Ronaldo has been named Portugal's player of the year. Congratulations! 💪 #QuinasDeOuro #UCL pic.twitter.com/dvUFeAkCat
— Champions League (@ChampionsLeague) March 20, 2017
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा