सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ६ हजार ९५१ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट २० हजार ९९२ को परीक्षण गरिएकोमा ६ हजार ९३९ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । निको हुने दर ७७.२ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ९ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १६ हजार ४७६ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ६४५ को आइसियूमा र ४५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ८ हजार ६२६ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ८५० छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
देशभर आजसम्म २९ लाख ९८ हजार ६४ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा