सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत ७ – बार्सिलोनका प्रशिक्षक लुइस इनरिकले स्ट्राइकर लियोनल मेस्सीको खुलेर तारिफ गरेका छन् । बार्सिलोनाले आइतबार राति भ्यालेन्सियाविरुद्धको खेल जितेपछि प्रशिक्षक इनरिकले मेस्सीको तारिफ गरेका हुन् । बार्सिलोनाले भ्यालेन्सियामाथि ४-२ को प्रभावशाली जित निकाल्दा मेस्सीले दुई गोल गरेका थिए । ‘मेस्सी एकदमै चमत्कारी खेलाडी हुन्, उनी सबै रेकर्ड तोड्दै छन् । उनी खेलमा घुलेर खेलीरहेको हेर्न पाउनु हामी सबैको अहोभाग्य हो’ मेस्सीको तारिफमा इनरिकले भने, ‘उनी फुटबलका सबै रेकर्ड तोड्दै छन्, उनको सफलता भेट्न अरुलाई निकै अप्ठेरो छ, उनीहरु त्यो सफलतासम्म पुग्न सक्ने छैनन् । मेस्सीको यो सफलता अझै अघि बढ्ने छ ।’
आइतबारको जितपछि बार्सिलोनाले स्पेनिस ला लिगा लिडर रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भ्यालेन्सियामाथि ४-२ को प्रभावशाली जित निकालेको हो । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र आन्द्रे गोमेजले एक एक गोल गरे । भ्यालेन्सियाका लागि एलियाक्विम मंगला र मुनिर एल–हाड्डाडीले एक एक गोल गरे । २९ औं मिनेटमा मंगलाले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाति अग्रता दिलाए । ३५ औं मिनेटमा स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४४ औं मिनेटमा मंगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो ।
त्यसपछि ४५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर पहिलो हाफको इन्जुरी समयमा एल–हाड्डाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा २-२ को बराबरी भएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो ।५२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता लियो । ८९ औं मिनेटमा गोमेजले गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ । २८ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया भने चौधौं स्थानमा छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा