सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ५ हजार ४११ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २० हजार २८६ र एन्टिजेन विधिबाट ६९३ गरी २० हजार ९७९ को परीक्षण गर्दा ८ हजार २०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
देशमा आजसम्म कुल २८ लाख १२ हजार ९५९ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । निको हुनेको प्रतिशत ७४.६ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् । आज ७५२ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ५९० को आइसियूमा, ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ७ हजार ८२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ४४७ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा