सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सोमबार बाट कोरोना संक्रमितको उपचार गर्ने गरी वीर अस्पतालको सर्जिकल भवनलाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. शान्ता सापकोटाले भनिन ; अहिले सर्जिकल भवनमा ५ सय बेड क्षमता रहेको छ। हामी सबै बेड सञ्चालन गर्ने सक्ने अवस्थामा छौनौँ । सोमबारबाट १ सय बेड सञ्चालन गर्ने र त्यसपछि क्रमश बढाउँदै लैजाने छौं।
डा. सापकोटाका अनुसार आइसियू तथा भेन्टिलेटरको सेवा जाइका भवनमा नै सञ्चालन हुनेछ। बेड र बिरामी मात्र हुँदैन। बिरामीलाई उपचारमा चाहिने उपकरण र अक्सिजनको व्यवस्थापन भइरहेको छ। छिट्टै संक्रमित राख्ने तयारीमा छौं।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा