• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

      गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    होमपेज / प्रमुख समाचार

    सडकमार्गले नजिकिँदै उत्तरी छिमेकचीन, १३ योजनालाई तीव्रता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ७, सोमबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    काठमाडौं- नेपालले उत्तरी छिमेक चीनसँग सडक सञ्जालबाट नजिकिने रणनीति कार्यान्वयन अघि बढाएको छ। गत वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न पारवाहन सम्झौता गरेको सरकारले चीनका १३ नाकासम्म सडक पुर्‍याउन लागेको हो।भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका अनुसार चीनसँग रणनीतिक महŒवका १३ वटा नाकासम्म सडक जोड्न निर्माण जारी छ। तातोपानी, केरुङ र कोराला नाकासम्म ट्र्याक खुले पनि १० वटा नाकामा ट्र्याक खोल्न काम तीव्र पारिएको हो।चीनसँगका पाँच नाका दुई वर्षभित्र र थप आठ नाकामा पाँच वर्षभित्र सडक पुर्‍याउने योजनासहित काम सुरु भएको सडक विभागका उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाप्रमुख गोपाल सिग्देलले जानकारी दिए।चीनसँग जोड्ने सडक पाँच वर्षभित्र दुई लेन बनाएर सवारी गुडाउने योजना छ’, सिग्देलले भने, ‘चीनको सीमासम्म पुग्ने यी सडक रणनीतिक महŒवका छन्।’

    चीनसँग अहिले एउटा मात्र केरुङ–रसुवागढी नाका खुला छ। भूकम्पपछि बन्द तातोपानी नाका खुल्न नसकेपछि चीनबाट आयात हुने सबै सामान केरुङ नाकाबाटै आइरहेका छन्।मुस्ताङको कोरला नाकासम्म सवारी पुगे पनि दुई देशबीच नाका सञ्चालनमा ल्याउने विषयमा सहमति नहुँदा प्रयोगमा आइसकेको छैन।चीनसँग जोडिएका तातोपानी, केरुङ, कोरला, किमाथांका, हिल्सा र टिंकर नाका व्यापारिक दृष्टिकोणले प्रमुख प्राथमिकतामा रहेको विभागको भनाइ छ।१३ मध्ये पाँच नाकालाई प्राथमिकतामा राखेका छौं’, सिग्देलले थपे।चीनतर्फबाट करिब १५ किलोमिटर ट्र्याक खुलेको भए पनि खाँदबारी–किमाथांका १ सय ६२ किलोमिटरमध्ये ७० किलोमिटर खन्न बाँकी छ। त्यसैगरी सिमिकोट–हिल्सामा १५ किलोमिटरमा ट्र्याक खोल्ने काम भइरहेको सिग्देलले जानकारी दिए।’चीनतर्फबाट सो सडकमा गाडी आउने बाटो बनिसकेको छ’, उनले भने, ‘१५ किलोमिटर बाँकी भए पनि अर्को रुटबाट सवारी गुड्छन्।’ट्र्याक खुलेको ठाउँमा स्तरोन्नति र नयाँ ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको उनले बताए।त्यसैगरी दार्चुला–टिंकर एक सय १२ किलोमिटरमध्ये ४० किलोमिटर ट्र्याक खुलेर ७२ किलोमिटर बाँकी छ। उक्त सडकका लागि चालू आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन भएको सिग्देलले बताए। तीमध्ये ११ सडकका लागि १ अर्ब २६ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन भएर काम भइरहेको छ।

    मुुलुक संघीय संरचनामा गएपछि हरेक प्रदेशका लागि नाका निर्माणमा ध्यान दिइएको छ। राजधानी जोड्न केरुङ–काठमाडौं उपयुक्त व्यापारिक मार्ग हुनेछ।उत्तर–दक्षिण व्यापारिक मार्गका रुपमा आयोजना कार्यालय बनाएर सडक विभागले काम गरिरहेको छ। चीनसँग जोड्न मात्र नभएर चीन र भारत जोड्ने उत्तर–दक्षिण करिडोर पनि निर्माण भइरहेका छन्। चीन सीमासम्म जोड्ने गल्छी—रसुवागढी सडक, भारत र चीन जोड्ने कालीगण्डकी करिडोर, कर्णाली करिडोरमा नेपाली सेनाले समेत काम गरिरहेको छ।कोसी कोरिडोरअन्तर्गत अरुण नदीको किनारैकिनार किमाथांका चीनको तिब्बती सहर रिउमा जोडिन्छ। कोसी करिडोरका लागि सरकारले ४२ करोड रुपैयाँ विनियोजन गरेको छ। किमाथांकाबाट सिगात्से र ल्हासा छोटो दुरीमा पर्छन्। कोसी कोरिडोर विराटनगर–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांका पुग्छ।चीनसँगको तिप्लापास नाकामा सडक पुर्‍याउन ताप्लेजुङ–ओखलढुंगा सडक निर्माण भइरहेको छ। ९५ किलोमिटर लामो उक्त सडकमा ३५ किलोमिटर ट्र्याक खुलेको छ भने ६० किलोमिटर खण्ड निर्माणाधीन छ।

    लप्ची नाकाअन्तर्गत २५ किलोमिटर लामाबगर–लप्ची सडकअन्तर्गत २० किलोमिटर खन्न बाँकी छ। रोयलभञ्ज्याङ नाका पुग्न बेनीघाट–लार्केभञ्ज्याङ एक सय ६२ किलोमिटर सडकमा ५८ किलोमिटरमा ट्र्याक खुलेको छ।सिर्दिबास नाका पुग्न ९० किलोमिटर, मरिम नाका पुग्न मरिम–दुनै सडकको एक सय ३५ किलोमिटरमध्ये ९५ किलोमिटरमा ट्र्याक खुलेको छ। उरैपास नाका पुग्ने चैनपुरु–उरै (ताल्चा) सडकको एक सय १५ मा ८० किलोमिटर बाँकी रहेको विभागले जनाएको छ।चीनको सीमासम्म पुर्‍याउने गल्छी—त्रिसुली—मैलुङ—स्याफ्रुबेसी–रसुवागढी सडकका लागि चालू आर्थिक वर्षका लागि ३५ करोड रुपैयाँ बजेट छ।सरकारले गत वर्ष चीनको केरुङ नाका जोड्ने गल्छी–रसुवागढी ८२ किलोमिटर सडक दुई वर्षभित्र दुई लेन बनाउन सेनालाई जिम्मा दिएको थियो। उक्त सडक निर्माण जारी छ। त्रिशूली नदीको तिरैतिर जाने यो सडक राजधानीलाई चीनसँग जोड्ने सबैभन्दा छोटो हुनेछ। वेत्रावतीसम्म कालोपत्रे रहेको उक्त सडक स्याफ्रुबेसीबाट धुन्चे हुँदै रसुवागढी पुग्ने सडकसँग जोडिन्छ।

    चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने रसुवागढी नाकालाई चिनियाँ पक्षले पछिल्लो समय चासोका साथ प्रयोग गर्दै आएको छ। गत आर्थिक वर्षमा तीन किलोमिटर ट्र्याक खोलेको सेनाले यस वर्ष स्याँप्रुबेसीदेखि मैलुनसम्म १५ किलोमिटर नयाँ ट्र्याक खोल्ने योजना रहेको जनाएको छ।चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक खोल्न बाँकी रहेको बागलुङ जिल्लामा पर्ने दोस्रो खण्ड पनि निर्माण भइरहेको छ। भारत र चीनलाई जोड्ने ४ सय ३५ किलोमिटरको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा मात्र ट्र्याक खोल्न बाँकी छ।सन् २००३ सम्म कोरला नाका सञ्चालनमा थियो। चीनको सुरक्षा संवेदनशीलताका कारण तारबार लगाएपछि अहिले नाकाको गेट बन्द छ। लामो समयदेखि बन्द उक्त नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ प्रधानमन्त्री वेन जियाबाओबीच सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन।नेपालले सीमासम्म सडक पुर्‍याए चीनले अधिकांश नाकासम्म सडकसहितका पूर्वाधार तयार गरिसकेको छ। चीनसँग सीमा जोडिएका नेपालका १५ जिल्लामध्ये मनाङ र धादिङमा मात्रै उत्तर जोड्ने नाका छैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

    कोरोना कहर : इटलीमा एक दर्जन सहर बन्द, प्रवेश र बहिर्गमनमा विशेष अनुमति चाहिने

    आठ जोडी बालबालिकाको विवाहमा रोक

    घुस लिएको अभियोगमा प्राविधिक पक्राउ

    खप्तड क्षेत्रमा हिमपात

    आफैमा अस्वस्थ टीकापुर अस्पताल, विकास समिति गठन भए संगै सुधारको अपेक्षा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑