सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ७ हजार ५८७ नयाँ संक्रमित थपिएका छन । योसहित कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५९ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । आज २५३ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २५ लाख ३७ हजार २९५ जनाको पिसिआर टेस्ट भइसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा