सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ६ । निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट ‘हिन्दूराष्ट्र’ र ‘राजसंस्था’ भन्ने शब्द हटाएको तर्क दोहोर्याएको छ ।
स्थानीय निर्वाचनबारे आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार नै काम गरेको जिकिर गरे ।
सबै राजनीतिक दलहरुबीच सहमति र सद्भाव कायम गरी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसो हुन नसकेकोप्रति आयोग गम्भीर बनेको बताए ।
सो अवसरमा देशभरका ७४४ स्थानीय तहका लागि ३६ हजार ३३९ पदमा निर्वाचन हुने, तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला र ६ हजार बढी दलित महिलामात्रै निर्वाचित हुने जानकारी पनि आयोगले दियो ।
स्थानीय चुनावका लागि काठमाडौंमा सबैभन्दा बढी ४७ ओटा र मनाङमा सबैभन्दा कम ६ ओटा दल दर्ता भएको पनि आयोगले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा