सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३३ को मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ५ हजार ६५७ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या २ लाख ८१ हजार ०९७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ३८ हजार ८१३ सक्रिय संक्रमित रहेका छन् । आज ५५ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायत १० सहरमा निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा