सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ / शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य शुक्रबार तोलामा सात सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा