सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकामा टेक्ससका महिला नेताले पुरुषले हस्तमैथुन गरेर १०० डलर जरिवाना गर्ने प्रस्ताव राखेका छन् । यो प्रस्तावमा अस्पताल वा क्लिनिकको अनुमतिते गरिने हस्तमैथुनलाई भने अलग राखिएको छ ।जेसिका फर्रार डेमोक्रेट सांसद हुन्, जसले दुई साता अघि हाउस अफ रिपि्रजेन्टेटिभमा यो प्रस्ताव दर्ता गराएकी छन् । उनलाई थाहा छ कि यो कानुन सजिलै बन्दैन किनकी टेक्ससमा हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको नियन्त्रण छ र, गर्भपतनलाई दिएर कडा कानुन बनेको छ ।
तर, उनले भनेकी छन् कि नजन्मिएका बच्चाको सुरक्षा हरेक रुपमा हुनुपर्छ । उनले यो विधेयकमा भनेकी छन्, यदि कुनै व्यक्तिले स्त्रीको योनीभन्दा बाहिर विर्य निकाल्छ भने यो नजन्मिएका बच्चाको विरुद्ध कदम हो ।उनकाअनुसार हेल्थ केयर कानुनको नाममा महिलालाई दुःख दिइएको छ, जबकी पुरुषलाई यस्तो कानुन छैन । यसमा उनले गर्भपतनको जिकिर गरेकी छन् ।कामुकताको वर्गिकरण गर्दै उनले भनिन्, ‘योनी बाहिर शुक्राणु निकाल्नु नजन्मिएको बच्चाविरुद्ध कारबाही हो । यो जीवनलाई पवित्र बनाई राख्न असफलता हो ।’यो विधेयक कतिपयलाई मजाक लागेको भन्दै उनले भनिन्, ‘टेक्ससमा जो महिला हरेक दिन सामना गरिरहेका छन्, यो कुनै मजाक होइन । यहाँका सांसदले महिलाका लागि स्वास्थ्य सुविधाका लागि निकै कठिन बनाएका छन् ।’
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा