सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगन्ज, ६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताउनुभएको छ ।सो दलको बाँके प्रचार विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पु¥याउँछ”, उहाँको सुझाव थियो ।
उहाँले संविधानले कसैलाई भेद्भाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको छ, यही अवस्थालाई दृष्टिगत गरी आफ्नो दलले मेची–महाकाली अभियान सञ्चालन गरेको हो भन्नुभयो ।पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट गर्नुभयो ।पत्रकार सम्मेलनमा सो दलका महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोह¥याउँदै संशोधन केका लागि भन्ने प्रश्नको जवाफ पहिले जनतालाई स्पष्टसँग भन्न सक्नुपर्छ भन्नुभयो । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा