सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ६ चैत । लामो समयदेखि प्रतीक्षाको विषय बन्दै आएको भावी आईजीपी कसलाई बनाउने भन्नेबारे आज फैसला हुदैछ । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज अन्तिम सुनवाइ गर्न लागेको हो । आज बस्ने सर्वोच्चका तीनजना न्यायाधिशको विशेष इजलासले आईजीपी विरुद्ध परेको रिटको अन्तिम सुनवाइ गर्नेछ ।तर सरकारले भने जयबहादुर चन्द नै आइजिपीका लागि योग्य भएको दाबी गरेको छ । सरकारले आफ्नो कार्यकारी निर्णयमा हस्तक्षेप नगर्न समेत आग्रह गरेको छ ।
प्रहरी नयाव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक आईजीपी मा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।सर्वोच्चले रिटमाथि प्रारम्भिक सुनुवाइ गदै निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । र,गत विहीबार यसको सुनुवाइ तोकिएको थियो ।तर सुनुवाइका लागि सर्वोच्च इजलास गठनप्रति दायर रिटमा विपक्षी वकिलले आपत्ति जनाएपछि विहीबारका लागि तोकिएको सुनुवाइ रोकिएको थियो । विहीबार सुनुवाइ रोकिएपछि सर्वोच्चले आईजीपी नियुक्ति बारेको अन्तिम सुनुवाइ आज हुन लागेको हो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा