सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपत्यकामा विभिन्न कार्यक्रम गरी आज घोडेजात्रा पर्व मनाईएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने यो पर्वका अवसरमा परम्पराअनुसार टुँडिखेलमा नेपाली सेनाले विशेष समारोह आयोजना गरेको हो । सेनाले अश्वकला, मोटरसाइकल खेल, युद्धकला, शारीरिक व्यायाम लगायतको प्रदर्शन गरिएको थियो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तस्वीरहरु : प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा