सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यमा आवेदन माग गरेको छ। आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको हो।
आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो। आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो।
उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ। आवेदनका लागि http://psconline.psc.gov.np/ मार्फत आवेदन दिन सकिने छ। आवेदन दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा