सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : भारतको उत्तर प्रदेशको मुख्य मन्त्री योगी आदित्यनाथ बन्ने निश्चित भएको छ। भारती जनता पार्टी (बिजेपी) विधायक दलको शनिबारको बैठकले उनलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोखरपुरका सांसद् समेत रहेका आदित्यनाथ गोरखनाथ मन्दिरको पीठाधीश हुन्। यसअघि चुनावको नतिजा आएपछि मुख्यमन्त्री बन्ने दौडमा राजनाथ सिंह, मनोज सिन्हा, केशव प्रसाद र सिद्धार्थनाथ सिंह रहेका थिए। तर, सात दिनपछि आदित्यनाथको पल्ला भारी भएपछि उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो।
यसअघि बीजेपी प्रदेश अध्यक्ष केशव प्रसाद मौर्यलाई उत्तर प्रदेशको मुख्यमन्त्री पदमा विजयी गराउन मनोज सिन्हा दिल्ली पुगेर प्रदर्शन गरेका थिए। यस्तै उत्तर प्रदेशको मुख्यमन्त्रीको विवादलाई लिएर विजेपी अध्यक्ष अमित शाहले सांसद आदिनाथलाई चार्टर प्लेनबाट दिल्ली पुर्याएका थिए।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा