सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ५ चैत्र। राप्रपाले धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको छ।
निर्वाचन आयोगलाई निर्णय पुनर्विचार गर्न भन्दै राप्रपाले तत्कालका लागि संघर्षका कार्यक्रमहरु अघि सारेको छ।
निर्णय पुनर्विचारको निमित्त आग्रह गर्दै सम्पूर्ण जिल्ला सदरमुकाममा चैत ७ गते जुलुस सहित गएर जिल्ला निर्वाचन कार्यालय समक्ष ज्ञापनपत्र बुझाउने र एक घण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने।
काठमाण्डौमा निर्वाचन आयोगको कार्यालय बहादुर भवनअगाडि एक घण्टा धर्ना दिने र आयोग समक्ष ज्ञापनपत्र बुझाउने, सो निर्णयबाट पार्टीको संवैधानिक हक खोसिएको बारे कानुनी उपचार खोज्ने, चैतको तेस्रो हप्ताबाट हिन्दुराष्ट्र पुनर्स्थापनाको माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संघर्ष गर्ने र धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने भएको छ।
आउने चुनाव भन्दा अघि नै नेपालाई हिन्दूराष्ट्र बनाउनको लागि कुनै राप्रपाले कसर बाँकी नराख्ने योजना बनाएको छ। राप्रपाका प्रवक्ता भुवन पाठकलेभने,‘अब हामी आउने चुनाव भन्दा अघि नै नेपाललाई हिन्दूराष्ट्र बनाउँछौं, यसको लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्तिकेन्द्रहरुको समेत सहयोग लिन्छौं।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा