सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि एमाले नेर्त रामकुमारी झाँक्रीले प्रतिवाद गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटमार्फत भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही कमजोरहरूको अन्तिम अस्त्र भएको बताउनुभएको छ ।
‘कमजोरहरूको अन्तिम अस्त्र हो । जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् ! पृथ्वी गोलो छ’, उहाँले लेख्नुभएको छ, ।
अध्यक्ष ओलीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहेन गरी निलम्बन गर्नुभएको थियो ।
कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।
— Ram kumari Jhakri (@Jhakri_didi) March 29, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा