सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अब आउँदो हप्ता सागर लम्सल ‘बले’ र हरि निरौला ‘कक्रोज’ अमेरिका जाँदैछन् । हास्यटेलिश्रृंखला भद्रगोलका चर्चित कलाकार ‘बले’ र ‘कक्रोज’ लाई अमेरिकाले पाँच वर्षे भिषा दिएको हो ।आउँदो मार्च २७ अर्थात चैत १४ गते उनीहरु अमेरिका प्रस्थान गर्ने भएका छन् । उनीहरु सुरुमा अमेरिकामा १ महिना मात्र बस्ने अर्थात अप्रिल २७ मा नेपाल फर्कने सागरले बताए ।
अमेरिकामा एक महिना बस्दा उनीहरुले विभिन्न कार्यक्रमहरु गरेर फर्किने बताए पनि उनीहरु फर्किन्छन् फर्किँदैनन् त्यो हेर्न बाँकी छ । हाल उनीहरु भद्रगोलमा नै काम गरिरहेका छन् ।उनीहरु सुरुदेखि नै हास्य सिरियल भद्रगोलमा काम गरेका चर्चित कलाकार हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा