सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमांकनलाई थाती राखेर कुनै पनि हालतमा आफूहरुले स्थानीय तहको निर्वाचन हुन नदिने बताएका छन् ।स्थानीय तहको निर्वाचन प्रदेशले गराउनु पर्नेमा प्रदेशको टुंगो नलाग्दै स्थानीय तहको निर्वाचनको मिति तोकिनु गलत रहेको समेत उनले जिकिर गरे ।रौतहटको सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा शनिवार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माध्यामिक तहको परीक्षा सकिएलगत्तै सरकार बिरुद्ध आन्दोलनको घोषणा गरिने बताए ।अबको आन्दोलन मधेश केन्द्रित नभई देशब्यापी हुने बताउँदै यादवले भने, ‘सरकारको निति अनुरुप आन्दोलनको कार्यक्रम बनाउँदै जाने छौं ।
प्रधानमन्त्री प्रचण्डले संबिधान संसोधनको आश्वासन दिएर मधेशीलाई झुक्याएको आरोप लगाउँदै उनले सीमांकन बिनाको संशोधन स्वीकार्न नसकिने र चुनाव पनि हुन नदिने बताए ।यो या त्यो बाहना बनाएर प्रचण्डले आफूहरुको माग पूरा गर्न आलटाल गरि झुकयाउने काम गरेको उनको आरोप थियो ।आफूलाई संघीयताको पक्षधर भन्ने प्रचण्डले आफनो स्वार्थको लागी संघियता बिरोधी राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याएकाले उनको नियत सहजै बुझन सकिने दाबी गरे ।पत्रकार सम्मेलनमा फोरमका केन्द्रीय सदस्य रामकिशोर यादव, जिल्ला अध्यक्ष राम निवास यादव, पुर्व सांसद बबन सिंह, मोर्चाका नेताहरु रेवन्त झालगायतको सहभागीता रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा