सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । देशभरका कोरोना संक्रमितमध्ये ४५ जनाको आइसियू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
भाइरसका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३,०२० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ संक्रमित थपिएका छन् भने स्वास्थ्य लाभ गर्नेको संख्या ९० छ ।
थपिएकासहित कुल संक्रमितको संख्या २,७६,३८९ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २,७२,१८७ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २२,४८,९९३ को पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १,१८२ र क्वारेन्टाइनमा रहनेको संख्या ५२ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा