सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न चार कर्मचारी र एक व्यवसायी जेल चलान भएका छन् । सात कर्मचारीसहित केही व्यवसायी भने धरौटीमा छुटेका छन् । ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले शुक्रबार प्राधिकरणका निलम्बित कर्मचारीहरू मनीष श्रेष्ठ, सुमन श्रेष्ठ, टहलबहादुर कार्की र भगवान पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । विद्युत् चोरीमा संलग्न गौशालाका मिठाईपसले तपन घोष पनि जेल चलान भएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।
मुद्दा दायर भएका सात कर्मचारीलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । कर्मचारी सूर्यबहादुर थापा, महादेव प्रधान, अन्नपूर्ण सापकोटा, पदमराज जोशी, बच्चुराम अर्याल, प्रदीप शर्मा र सूर्यबहादुर कार्की साधारण तारेखमा छुटेका हुन् । व्यवसायी अच्युत खड्का, श्याम बस्नेत, ओम ढुंगाना र दिलबहादुर साउद एक–एक लाख धरौटीमा छुटेका छन् । पक्राउ परेका अन्य व्यवसायीहरू उद्धवकुमार लामा, दिवाकर प्रधान, कुमार लामा, परवेज आलम, रमेश चुँडाल पनि धरौटीमा छुटेका छन् ।
प्रहरीले २३ कर्मचारी र १७ व्यापारीविरुद्ध दुई साताअघि मुद्दा दायर गरेको थियो । प्राधिकरणका कर्मचारीहरू सुमनराज पाण्डे, महालक्ष्मी केसी, शेरबहादुर सिलवाल, दीपक अधिकारी, जितबहादुर न्यखुसी, हरिबोल ढकाल, बालकृष्ण श्रेष्ठ र टंकप्रसाद पराजुलीविरुद्ध समेत मुद्दा दायर गरेको थियो । फरार रहेका व्यापारीमा कौशलादेवी राठी, हरि भट्ट, मञ्जु भट्ट, सञ्जय अग्रवाल, झइन्द्रप्रसाद घिमिरे, जिभाथ अटल, मुरारी थापामगर र रामकृष्ण ढुंगेलविरुद्ध पनि मुद्दा चलाइको थियो ।
विद्युत् धेरै खपत हुने कारखानामा मिटर उल्टो घुमाएर कर्मचारीहरूले कमिसन लिने गरेको आरोप छ । यसबाट प्राधिकरणलाई करोडौँ घाटा हुँदै आएको थियो । देशभरि नै कर्मचारीको मिलेमतोमा यसरी विद्युत् चोरी हुँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा