सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ– पृथ्वीराजमार्ग अन्तरगत तनहुँको साविक घाँसीकुवा–५ कोइला मोडमा शुक्रबार बिहान दुईवटा यात्रु बस आपसमा ठक्कर खाँदा २१ जना घाइते भएका छन् ।दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको र विपरित दिशाबाट आउँदै गरेको ना४ख ७३३८ नम्बरको बस आपसमा ठोक्किएर दुघृटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले जानकारी दिए ।
दुर्घटनामा परी गम्भिर घाइते भएका घाँसीकुवा–७ का ६१ वर्षीय सन्त बहादुर विक र आँवुखैरेनी–१ का ५३ वर्षीय नारायण भट्टराइलाई थप उपचारका लागि पोखरा पठाइएको छ । अन्य घाइतेको दमौलीस्थित दमौली अस्पताल र रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले छ ।बढि घुम्ती भएको सडक खण्डमा तिब्र गतिमा बस सञ्चालन गरिएका कारण दुर्घटना भएको प्रहरी जनाएको छ । त्यस्तै, बिहीबार राती जीपले ठक्कर दिंदा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रे बजार नजिकै सडक किनारमा अन्दाजी ५५ वर्षीय नाम वतन खुल्न नसकेकी मानसिक सन्तुलन गुमाएकी महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा