सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत ४, लहान। स्थानीय तहको नयाँ संरचनाप्रति विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सिरहाको तीनवटा स्थानीय निकायका कार्यालयमा तालाबन्दी गरेका छन् ।
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा कुनै किसिमको सहयोग नगर्ने रणनीतिस्वरुप आज लहान नगरपालिका, गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको मोर्चाका नेता तथा नेपाल सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी मोर्चाका कार्यकर्ताले लक्ष्मीपुर पतारी गाउँपालिका लेखिएको बोर्डसमेत तोडफोड गरेका छन्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा