सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा वोर्डले नै देशभर परीक्षा संचालन गर्ने निर्णय यसअघि सरकारले गरेकोले सोही अनुरुप परीक्षा बोर्डले निर्णय गरेको सदस्य सचिव अर्यालले बताउनुभयो ।
गत बर्षको एईई परीक्षा कोरोना महामारीका कारण सम्बन्धित विद्यालयले नै गरेर नतिजा समेत विद्यालयबाटै पठाए बमोजिम भएको थियो ।।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा