सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिकी सिनेटको गुप्तचर हेर्ने समितिका नेताहरुले गएको राष्ट्रपति चुनावको अघि वा पछि न्यूयोर्कस्थित डोनाल्ड ट्रम्पको भवन ट्रम्प टावरमाथि सरकारी स्तरबाट जासुसी निगरानी गरिएको कुनै संकेत आफूहरुले फेला नपारेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाले आफू विरुद्ध जासुसी गर्न त्यहाँ ‘वायरट्यापिङ’को आदेश दिएको दाबी गर्दै आएका छन्।
यसअघि बिहीबार संसदका सभामुख पउल रायनले पनि त्यस्तो निगरानी अस्तित्वमा नभएको प्रतिक्रिया दिएका थिए।
तर व्हाइट हाउसका प्रवक्ताले गुप्तचर हेर्ने समितिलाई पर्याप्त जानकारी उपलब्ध नगराइएको बताएका छन्।
खण्डन
सिनेटको इन्टेलिजेन्स कमिटीका अध्यक्ष तथा रिपब्लिकन नेता रिचार्ड बरले आफ्नो फोन ‘ट्यापिङ’ गरिएको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी खण्डन गरिदिएका छन्।
समितिका उपाध्यक्ष सहित जारी गरिएको एउटा विज्ञप्तीमा उनले आफूहरुलाई उपलब्ध गराइएको सूचनाका आधारमा सन् २०१६ को चूनाव अघि वा पछि ट्रम्प टावरमाथि अमेरिकी सरकारको कुनै पनि निकायले निगरानी गरेको भन्ने संकेत फेला नपरेको उनले उल्लेख गरेका छन्।
ट्रम्पतस्वीर कपीराइटREUTERS
गुप्तचर हेर्ने संसदीय समितिमा रहेका रिपब्लिकन तर्फका अध्यक्ष डेभिन न्युन्सले बुधवार ट्रम्प टावरमाथि जासुसी गरिएको भन्नेमा आफूलाई विश्वास नलागेको बताएका थिए।
पछिल्ला प्रतिक्रियाहरुले, ‘वायरट्याप’ले धेरै कुरा समेट्ने भनेर बताउँदै आएका राष्ट्रपति ट्रम्पको धारणामा कुनै परिवर्तन ल्याएको छैन।
बुधवार फक्स टेलिभिजनलाई दिएको अन्तरवार्तामा ट्रम्पले दुई हप्ता भित्र थप विवरणहरु बाहिर आउनसक्ने संकेत गरेका थिए।
प्रतिबद्ध
व्हाइट हाउसका प्रवक्ताले सिनेटको गुप्तचर हेर्ने समितिको प्रतिवेदनले केहि पत्ता नलगाएको भन्दै राष्ट्रपति ट्रम्प आफ्ना धारणामा अडिग रहेको प्रतिक्रिया दिएका छन्।
व्हाइट हाउसले राष्ट्रपति ट्रम्पका दाबीलाई पुष्टी गर्ने कुनै प्रमाण अहिलेसम्म उपलब्ध गराएको छैन।
तर उसले उक्त विषयलाई रुसले राष्ट्रपति चूनावमा हस्तक्षेप गरेको भन्ने आरोपसँगै जोडेर छानबिन गर्न संसदलाई आग्रह गरेको छ। विविसी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा