• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / पत्रपत्रिका

    वैशाख ३१ गते कति दल लड्दैछन् चुनावमा?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ४, शुक्रबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा ७९ वटा राजनीतिक दलले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन्। निर्वाचन आयोगमा दर्ता भएका १ सय १३ वटा दलमध्ये उनीहरूले बुझाएको विवरणका आधारमा ७९ दल मात्रै स्थानीय तह निर्वाचनमा भाग लिन योग्य ठहरिएका हुन्। आयोगले स्थानीय निर्वाचनको व्यवस्थापनका लागि पुस २५ मा जिल्लास्तरीय समितिमार्फत क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउन आहवान गरेको थियो। आयोगमा दर्ता रहेका दलले मात्रै उक्त विवरण बुझाउनुपर्ने थियो। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।

    उक्त २१ दिनको अवधिमा जिल्लागत रूपमा विवरण बुझाएका दलले मात्र भाग लिन पाउने भएका हुन्। आयोगको कानुन तथा राजनीतिक दल सम्बन्ध महाशाखा प्रमुख सहसचिव सुशील कोइरालाका अनुसार निर्धारित अवधिभित्र स्थानीय निर्वाचन प्रयोजनका लागि विवरण नबुझाएका दलले भाग लिन पाउने छैनन्। ‘पुस २५ देखि माघ १७ सम्मको अवधिभित्र पार्टीहरूले आफ्ना जिल्ला कार्यसमितिमार्फत जिल्लामा दल दर्ता गराउनुपर्ने समय दिइएको थियो,’ उनले भने, ‘त्यसपछि जिल्लागत विवरण निकालेर त्यसमा केही फरक भए सच्याउने अवसर पनि दिइयो। जुन(जुन दलले जुन(जुन जिल्लामा विवरण बुझाएर दर्ता भएका छन्, ती दलहरूले तत्तत् जिल्लामा निर्वाचनमा भाग लिन पाउँछन्।’ सम्बन्धित जिल्लामा विवरण पेस नगरेको वा छुटेको वा कार्यसमिति नबनाएका दलले भाग लिन नपाउने उनले बताए। राष्ट्रव्यापी सञ्जाल भएका ठूला दलले पनि कुनै जिल्लामा दर्ता गराउन छुटाएको भए ती दलहरू उक्त जिल्लामा आफ्नो दलगत हैसियतमा उम्मेदवार उठाउनबाट वञ्चित हुनेछन्। स्थानीय तह निर्वाचनको घोषणापछि पनि आयोगले फागुन १६ देखि १८ सम्म स्थानीय तह निर्वाचनको दल दर्ताका लागि अवधि दिएको थियो।

    राजनीतिक दलसम्बद्ध शाखा प्रमुख उपन्यायाधिवक्ता घनश्याम ओझाले आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि पुन: दर्ता गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताए। संविधानको धारा २७१ अनुसार ७९ वटा दलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको उनले जानकारी दिए। तीमध्ये संविधानसभा निर्वाचन २०७० मा निर्वाचित भएका दलको संख्या २६ छ। उनीहरूले मात्रै देशव्यापी रूपमा एउटै चिहन पाउने छन्। संसदभत्र रहेर पनि पछि फुटेका दलले भने स्वतन्त्र रूपमै चिहन पाउने छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार पनि हाल संसद्मा रहेका दललाई मात्र आयोगले दलको निर्वाचन चिहन दिनेछ। संसद्मा नरहेका दलका उम्मेदवारले जिल्लागत रूपमा स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन चिहन पाउने छन्।

    २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलहरूको चिहन मतपत्रमा रहने छन्। आयोगका अनुसार सबैभन्दा बढी काठमाडौंमा ४७ र सबैभन्दा कम मनाङमा ६ वटा दल दर्ता भएका छन्। ३१ देखि ४० सम्म दर्ता भएका जिल्ला १२ वटा छन्। उक्त संख्याभित्र ललितपुर र भक्तपुरसमेत बाँकी सबै तराईका जिल्ला छन्। २१ देखि ३० वटासम्म दल दर्ता भएका जिल्लाको संख्या १४ छन्। तीमध्ये २६ माथि दल पुगेका ६ वटा जिल्ला तराईका छन्। तराईका २० जिल्लामा सबैभन्दा कम बर्दियामा मात्रै २० दल दर्ता भएका छन्। मधेसी मोर्चामा आबद्ध ७ राजनीतिक दलहरू पनि जिल्लागत रूपमा दर्ता छन्। तराई सँगसँगै पहाडी/हिमाली जिल्लासमेत मोर्चा आबद्ध कतिपय दलहरूले आफ्नो दल दर्ता गराएका छन्। निर्वाचन आयोगमा साउनयता दर्ता भएका दलले भने स्थानीय तह निर्वाचनमा भाग लिन पाउने छैनन्। त्यस्ता दलको संख्या ११ रहेको आयोगले जनाएको छ। निर्वाचन प्रयोजनका लागि निवेदन दिने दलले एक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन दिनुपर्ने संवैधानिक प्रावधानले ती दलहरूलाई समस्या पारेको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑