सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सरकारले निर्वाचन अवधिभर कुनै पनि व्यक्तिलाई लाइसेन्स प्राप्त हतियार समेत राख्न नदिने भएको छ ।
कुनै व्यक्तिले अनुमति लिएर हातहतियार राखेको भए निर्वाचन अवधिभरका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने छ ।
काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर हतियार बुझाउन भनेको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरु कसैले पनि हातहतियार राख्न पाउने छैनन् ।
अन्य कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको बिष्फोट पदार्थ, रसायनिक वा बिषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार पूर्णतया निषेध गरिएको सूचनामा उल्लेख छ ।
निर्वाचन अवधिभर मदिरा वा मदिराजन्य पदार्थको अवैध उत्पादन र बिक्रीवितरणमा पनि रोक लगाइएको सूचनामा उल्लेख छ । यो आदेश पालना नगरे कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले चेतावनी दिएको छ ।
सरकारले यसअघिनै आफूसित भएका हतियार बुझाउन आह्वान गर्दै संकलन शुरु गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा