सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ३, लामो समयदेखि भारु रुपैयाँ खरिदबिक्री गर्दै आएको आरोपमा प्रहरीले २० लाख बढी भारुसहित चार जनालाई पक्राउ गरेको छ ।नेपालगन्ज धम्बोझीका राजेश कुम्हार, नेपालगन्जकै सतिषकुमार राय, बाँके कटकुईयाका अहमद अन्सारी र त्यहाँकै नुरअहमद खाँ पक्राउ परेका हुन् । नेपालगन्जस्थित भेरी अन्चल प्रहरी कार्यालयबाट खटिएको बिशेष ब्युरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसंग २० लाख ४६ हजार भारु र ७ लाख नेपाली रुपैया बरामद भएको छ ।
अञ्चल प्रहरी कार्यालय प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महेशबिक्रम शाहले एक साताको लगातर निगरानीपछि भारु कारोबारीलाई पक्राउ गर्न सफल भएको बताए । उनीहरु लामो समयदेखि कारोबार गर्दै आएको उनको दाबी छ । कटकुइयाका अन्सारी र खाँले भारु रुपैयाँ किनेर ल्याउने र कुम्हार र रायले बिक्री गरेको आरोप प्रहरीको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा