सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुम्बई । फिल्म बाहुबली–२ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । तेलुगु चलचित्र निर्देशक एसएस राजामौलीको फिल्म बाहुबली–२ को ट्रेलर बिहीबार सार्वजनिक भएको हो ।बाहुबली–२ आउँदो २८ अप्रिल अर्थात वैशाख १५ गते प्रदर्शनमा आउने छ । फिल्मको धेरै दर्शकले प्रतिक्षा गरेका छन् । मार्च १३ मा यसको ट्रिजर आएको थियो ।
बिहीबार सेयर गरिएको चलचित्रको हिन्दी ट्रेलरको एक सम्वादको विषयमा निकै चर्चा भएको छ । जसमा बाहुबलीले कटप्पासँग भन्छन्– ‘जबसम्म तिमी साथमा हुनेछौं, मलाई मार्ने कोही जन्मने छैन मामा ।’ बाहुबलीको प्रमुख भूमिकामा प्रभास छन् ।
भिडियोः
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा