सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, ३ चैत। भारतीय सीमा सुरक्षाबलले गोली हानी हत्या गरेका सहिद गोविन्द गौतमको शोकाकुल परिवारलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रवार गौतमको घर पुनर्वास नगरिपालिकास्थित आनन्दवजार जाने भएका छन् ।मेची–महाकाली अभियान अन्तर्गत बिहीवार धनगढी पुगेको टोलीसँगै रहेका ओली शुक्रवार कञ्चनपुर पुग्नेछन् । एमालेको अभियान कञ्चनपुर पुगेपछि अध्यक्ष ओली सहितका एमाले नेताहरु सहिद गौतमका परिवारजनलाई भेट्न जाने कार्यक्रम तय भएको ओलीको सचिवालयले जनाएको छ । पार्टी महासचिब ईश्वर पोखरेल सहितको टोली लिएर अध्यक्ष ओली सहिद गौतमको परिवार भेट्न जाने कार्यक्रम रहेको पनि सचिवालयले जनाएको छ ।
ओली सहित एमाले नेताहरुले गौतमका परिवारलाई भेटेर सान्त्वना दिने कार्यक्रम रहेको एमालेले जनाएको छ । गौतमको हत्या भारतीय सीमा सुरक्षाबलले गरेकाले भारतले माफी माग्नु पर्ने एमाले अध्यक्ष ओलीले वताउँदै आएका छन् ।२७ फागुनमा नेपाली भूमिमै प्रवेश गरी भारतीय सीमा सुरक्षा बलले गोली प्रहार गरी गौतमको हत्या गरेको थियो । पुनर्वास नगरपालिका भित्रको खोलामा स्थानीय उपभोक्ता समितिले कल्भर्ट निर्माण गरिरहेकोमा भारतीय पक्षले रोक्न खोजेपछि नेपालीले प्रतिवाद गरेका थिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा