• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

      काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस

      एमाले सचिव गोकर्ण बिष्टको गृहपालिकामा नेपाली कांग्रेस विजयी

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    होमपेज / पत्रपत्रिका

    भारतीय एसएसबीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट रहस्य यस्तो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ३, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाण्डाै । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ । कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहीबार भएको झडपमा नेपाल प्रहरीका असईको पेस्तोल हराएको दाबी घटना भएको सात दिनपछि नेपाल प्रहरीले गरेको छ ।प्रहरीका अनुसार हराएको पेस्तोल अझै फेला परेको छैन । गत बिहीबार कञ्चनपुर पुनर्वासस्थित नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गौतमलाई गोली प्रहार गर्दा भएको हुलदंगामा प्रहरी सहायक निरीक्षक माधव भट्टको पेस्तोल हराएको प्रहरीले दाबी गरेको छ । एक साताअघि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको निधन भएपछि नेपाल सरकारले उनलाई सहिद घोषणा गरेको छ भने उनको हत्या आफ्ना सुरक्षाकर्मीबाट भएकोमा भारतीय प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् ।

    प्रहरी सहायक निरीक्षक भट्टको चाइनिज पेस्तोल दोहोरो झडपका क्रममा हराएको सुदूरपश्चिम क्षेत्रका डीआईजी रोमिन्द्र देउजाले बताए । पेस्तोलमा ७ राउन्ड गोली भरिएको म्यागेजिन लोडेड रहेको डीआईजी देउजाको भनाइ छ । ‘हुलदंगाका क्रममा असई भट्टको पेस्तोल हराएको छ, त्यसमा सात राउन्ड लोडेड म्यागेजिन थियो, त्यसको खोजबिन भइरहेको छु, डीआईजी देउजाले भने । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा कार्यरत भट्टको पेस्तोल झडपका क्रममा हराएको दाबी गरिएको हो ।क्षेत्रीय प्रहरी कार्यालय दिपायलले पेस्तोल हराएको भन्दै असई भट्टमाथि अनुसन्धान सुरु गरेको छ । घटनाको दिन भारतीय सुरक्षाकर्मीले सात राउन्ड फायर गरेको थियो जसमध्ये एक गोली नेपाली नागरिक गोविन्द गौतमलाई लागेको थियो । घटना भएको भोलिपल्ट भारतको लखिमपुर जिल्लाका जिल्लाधिकारी आकाश द्वीपले गौरीफन्टामा नेपाली मिडियालाई प्रतिक्रिया दिँदै घटनामा भारतीय प्रहरीले फायर नखोलेको तर नेपाल प्रहरीको हतियार ‘मिसिङ’ भएको बताएका थिए ।

    उनले नेपाल प्रहरीले गोली चलाएको दाबी गरेका थिए । आनन्द बजार आसपासको ५६ किलोमिटर भारतीय सीमा क्षेत्रको जिम्मा पाएका भारतीय सीमा सुरक्षा बल एसएसबीको ४९ बटालियनका कमान्डेन्ट दिलबाग सिंहले पनि घटनाको दिन भारतीय सुरक्षाकर्मीले फायर नखोलेको दाबी गरेका छन् । ‘हाम्रो तर्फबाट कुनै फायर भएको छैन, नेपाल प्रहरीको हतियार हराएको खबर आएको छ, तपाईंको देशमा धेरै मानिसले हतियार चलाउन जानेका छन्, नेपाल प्रहरीको हतियार कसैको हातमा परेर, तिनीहरूले नै चलाए कि ?’ कमान्डेन्ट दिलबाग सिंहले भने ।हतियार हराएको सात दिनसम्म पनि खोजबिनका लागि नेपाल प्रहरीले कुनै समिति गठन गरेको छैन । ‘छिट्टै हतियार खोज्न समिति गठन हुनेछु, डीआईजी देउजाले भने । उनले सुरुमा कञ्चनपुरको तनाव, त्यसपछि एमालेको मेची-महाकाली अभियानका लागि सुरक्षा व्यस्थापनका कारण छानबिन समिति गठन हुन नसकेको बताए ।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    हाँसमा बर्डफ्लु पुष्टि

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

    कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

    प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑