सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर, २ चैत– गत वर्ष भदौ ७ गते टीकापुर नरसंहार भएकै स्थानमा बुधवार एमालेले विशाल जनसभा गरेको छ । मेची–महाकाली अभियानका क्रममा कैलाली पुगेको एमालेले बुधवार टीकापुरमा दशौं हजारको सभा गरेको हो ।सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले बिद्वेषको सहारामा स्वार्थपूर्ति गर्न चाहने र जात जातिलाई भिडाएर नेपालीको एकता कमजोर पार्नेसँग सचेत रहन आग्रह गरे । गत वर्ष टीकापुर हत्याकाण्ड हुनुअघि हत्याका लागि उक्साउन पुगेका मधेसी मोर्चाका नेताहरुतर्फ लक्षित गर्दै रावलले त्यस्ता शक्तिले जुनसुकै जातिको कुरा उठाए पनि उनीहरु कसैको भलो गर्ने पक्षमा नरहेको वताए ।
‘गतवर्ष दूधे बालक र ७ जना सुरक्षाकर्मीको यही ठाउँमा हत्या भयो, हत्याका लागि जसले उक्साएका थिए उनीहरु बिद्वेष मार्फत आफ्नो स्वार्थपूर्ति गर्न चाहन्छन्’ रावलले भने, ‘एमाले सिंगो देशलाई एकतावद्ध बनाएर समृद्धिमा लैजान चाहन्छ ।’ टीकापुर घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रावलले घटनाबाट पीडितहरुप्रति सहानुभुति ब्यक्त गरे ।थारु बाहुन्य क्षेत्रमा आयोजित सभामा थारु समुदायको उल्लेख्य सहभागिता थियो । सभामा उपाध्यक्ष रावलले जाति र समुदायलाई जुधाउन गरिएका प्रयाससँग सजग रहन आग्रह गरे । ‘एउटा समुदायलाई अर्काे समयदायसँग जुधाइदिने, पूर्वलाई पश्चिमसँग जुधाउने, पहाडलाई मधेससँग जुधाउने र एउटा जातिलाई अर्काे जातिसँग जुधाउने प्रयास गरिरहेका छन्’ रावलले भने, ‘जुनसुकै भूगोलमा बसे पनि जुनसुकै जातिका भए पनि हामी नेपाली हौं, नेपाल हाम्रो साझा हो । जुधाउने र लडाउने प्रयासका विरुद्ध एकजुट भएर उभिनु पर्छ ।’
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा