सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अँध्यारो युगको अन्त्य भई उज्यालो युगको सुरुवात भएको बताएका छन्।औषधि विक्रेताहरुको संस्था नेपाल औषधि बिक्री प्रबन्धक संघले गरेको सम्मान ग्रहण गर्दै उनले लोडसेडिङ अन्त्य उज्यालो युगको सुरुवातको प्रतीक भएको बताए। ‘यो प्रतीकात्मक रुपमा अँध्यारो युगबाट उज्यालोमा लैजाने युर्गको सुरुआत हो,’ उनले भने, ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने संकल्प हो।’
अन्धकारबाट मुक्त हुँदा नेपालमा विभिन्न खालका औषधि सुरक्षित राख्न सकिएकाले व्यवसायी र बिरामीलाई ठूलो राहत पुगेको संगठनका अध्यक्ष सुजित दत्तले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा