सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चाका नेताहरुलाई आपसी छलफल र सहमतिका साथ राजनीतिक मुद्धाहरुको सम्बोधनका लागि जुट्न आग्रह गर्नुभएको छ । आन्दोलनरत मधेशी मोर्चासंग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संबिधान संशोधन प्रस्ताव तत्काल यथाअवस्थामा दुई तिहाईवाट पारित हुने स्थिति नरहेकाले हाललाई सिमाङ्कनको विषय प्रदेश र केन्द्रको चुनाव अगाडि नै आयोगमार्फत् टुंग्याउने गरी अन्य संशोधनका बुँदाहरु परिमार्जनसहित पारित गराउन सहमतिमा आउन आग्रह गर्नुभएको हो ।प्रधानमन्त्रीले तत्कालका लागि सिमांकन बाहेकका विषयमा संविधान संसोधन गरी स्थानीय तहको निर्वाचनमा जुट्न मधेशी मोर्चालाई आग्रह गर्नुभएको थियो । छलफलका क्रममा मधेशी मोर्चाका नेताहरुले मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको प्रस्तावका विषयमा छलफल गरी औपाचारिक जवाफ दिने बताउनुभएको थियो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा