• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

      लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा

      रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

      स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

      मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

      कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

      मिहिनेत गर्दा गर्दै अपेक्षाकृत मत आउन सकेन :राप्रपा

      रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

      ३७०० ले घट्यो सुनको मूल्य

      चुनाव जितेका महावीरले फेरी किताब बेच्न सुरु गरे

      विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति

      सयद मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता नियुक्त, देशभर उत्सव

      सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत

    होमपेज /  सेतोखबर बिशेष

    गोविन्दले भनेका थिए-‘हस्तक्षेपविरुद्ध लड्नुपर्छ, मरियो भने देशका लागि सहिद भइन्छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २, बुधबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५२९ पटक पढिएको
  • भीमदत्तनगर, पुनर्वास – कञ्चनपुर पुनर्वास–८ का हस्तबहादुर शाहीलाई गाउँकै युवक गोविन्द गौतमको मृत्युको समाचार पत्याउन गाह्रो भएको छ ।एक साताअघि मात्रै उनीसँग आनन्द बजारमा भेट हुँदा भएको कुराकानी हस्तबहादुर बिर्सन सक्नुहुन्न । त्यो घेट नै गोविन्दसँगको अन्तिम भेट बन्न पुग्यो । गत फागुन २६ गते बिहान ८ बजे आफूसँग भेटेर कुरा गरेको करिब तीन घन्टामै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर गोविन्दको निधन भएको समाचारले हस्तबहादुरलाई छानाबाट खसे झैँ भयो ।

    “कल्र्भट भत्काएको प्रसङ्ग कोट्याउँदै लामो समयदेखि भारतीय पक्षले हेपाह दृष्टि राख्ने गरेको भन्दै गोविन्द निकै आक्रोशित थिए” हस्तबहादुरले भने – “हस्तक्षेपविरुद्ध लड्नुपर्छ, कति सहेर बस्ने, मरियो भने देशका लागि सहिद भइन्छ भन्थ्यो, साँच्चै नै त्यस्तै भयो ।”विसं २०२८ देखि आनन्दबजारमा बसोबास गर्दै आएका हस्तबहादुर शाहीले लामो समयदेखि भारतीय पक्षबाट नेपालीमाथि विभेद र हस्तक्षेप हुँदै आएको बताउँछन् । “अहिले पनि सीमावर्ती भारतीय नागरिकसितको सम्बन्ध हाम्रो राम्रै छ” हस्तबहादुरले भने– “सीमामा भारतीय एसएसबी तैनाथ भएपछि ज्यादती बढ्यो ।”

    कल्र्भट निर्माणस्थलमा आएर गत बुधबार साँझ एसएसबीले आफूहरुको कुनै अवरोध नहुने बताएको भन्दै स्थानीय नेत्रबहादुर शाहीले सोही दिन राति नै एसएसबीले कल्र्भट भत्काएको बताए । “सुरुमा यो तपाइँहरुकै क्षेत्र हो, हाम्रो कुनै असहमति छैन । तर कच्ची संरचना मात्रै बनाउनुस् भने ।” उनले भने– “खै के चित्त बुझिएन, राति नै आएर भत्काए छन् ।” कल्र्भट निर्माण गरेको काङ्ग्री खोलाबाट करिब ४०० मिटर परै नेपाल पर्छ ।केही वर्षअघि सीमासित जोडिएको आफ्नो खेत जोत्दा भारतीय एसएसबीले आफूलाई बाँधेर यातना दिएको गुनासो पोख्दै उहाँले सरकारले सिमा विवाद दीर्घकालीन रुपमा समाधान हुने गरी विकल्प खोज्नुपर्नेमा जोड दिन्छन् । “यसअघि पनि नेपाल–भारतका अधिकारीबीच सीमा चेकजाँचदेखि सबै काम भएकै हुन् ।” भएका सीमास्तम्भ भत्काउने र सीमा मिच्ने काम भारतीय पक्षबाट पटकपटक हुने गरेको छ ।”

    काङ्ग्री खोला तरेर सीमावर्ती भारतीय बसही बजारमा दैनिक किनमेलका लागि जाने आनन्द बजारवासी एसएसबीले गोली हानेर गोविन्दको हत्या गरेपछि त्रासको मानसिकतामा छन् । स्थानीयवासी हस्तबहादुर शाहीले भने – “सीमा कता हो, के हो ? सरकारले स्पष्ट गरोस्, भारतीय जनतासित हाम्रो सद्भाव कायमै छ ।”भारतीय सुरक्षा निकायका कारण दुई देशबीचका नागरिकको सामाजिक सद्भाव खल्बलिने हो कि भन्ने उनको चिन्ता छ । “दुई देशका प्रशासकले हाम्रो समस्या सुल्झाउन नसके संयुक्त राष्ट्र सङ्घलाई गुहार गरेर पनि समस्याको समाधान खोजियोस्” उनले भने ।आफूले १२ वर्षदेखि आफ्नो लालपुर्जा भएको जग्गा भोगचलन गर्न नपाएको स्थानीय तुलसा सुनारको गुनासो छ । “भारतीय जहिले पनि सीमा अतिक्रमणकै मानसिकतामा बसेका हुन्छन् ।, रातारात सीमास्तम्भ गायब पार्ने, अनि सीमा भन्दै नेपाली बस्ती र घर देखाउने काम धेरै नै भयो ।” उनले भने ।

    सीमास्तम्भ नं १९९ देखि २०१ को बीचको क्षेत्रमा लामो समयदेखि सीमा विवाद छ । “२०० नम्बर सीमास्तम्भ हामीले पनि देख्न पाएनौँ ।” उनले भने – “एसएसबी आउँछन् नेपालीका घर देखाएर सीमा यहाँ थियो भनेर दाबी गर्छन् ।”करिब डेढ दशकअघिसम्म सीमा नाकामा कुनै समस्या नरहेको बताउँदै तुलसा सुनार सरकारले सीमा नाकाको समस्या तत्काल समाधान गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिनुहुन्छ । दुई देशबीच उच्च तहको समस्या समाधानको बाटो खोज्नु पर्ने उनको सुझाव छ ।तत्कालीन राजा महेन्द्रले पुनर्वास र दोधारा चादँनी सीमाक्षेत्रमा भूपू सैनिकलाई जग्गा दिएर बस्ती बसालेका थिए । “पुनर्वासमा डेढदेखि तीन बिगाहासम्म जग्गा बाँडेर महेन्द्र राजाले सीमा जोगाउन बस्ती बसालेका थिए ।” हस्तबहादुर शाहीले भने – “दीर्घकालीन सोच राखेर राजाले बनाएको योजना अहिलेका सरकारले निरन्तरता दिनुपर्छ ।” आनन्दबजारमै सशस्त्र प्रहरीको बेसक्याम्प राखिनुपर्ने उनको माग छ ।

    ‘घर बनाउने सपना अधुरै’
    कल्र्भट निर्माणका विषयलाई लिएर एसएसबीको गोली लागेर निधन भएका गोविन्द सहिद घोषित त भए तर उनको घर बनाउने सपना भने पूरा हुन सकेन । “घर बनाउन जग हाल्दै हुनुहन्थ्यो” मृतक गोविन्दका भाउजु शान्ता पौडेलले भनिन– “ऋण काडेर घर बनाउने र विदेश जाने सोचमा हुनुहुन्थ्यो ।”घरका माइला छोरा गोविन्दको पारिवारिक अवस्था निकै नाजुक छ । उनलेको निधनले वृद्ध आमाबुबा र श्रीमती लक्ष्मी भावविह्वल अवस्थामा छन् । गत मङ्सिरमा साउदीबाट आएपछि भारतमा रोजगारीका लागि गएका उनी थिए पाँच दिनमै फर्किएर घर बनाउन सुरु गरेका थिए । उता वैदेशिक रोजगारीमा जान समेत गोविन्दले भिसा प्रक्रिया सुरु गरेको उनको भनाइ छ । उनको निधनले परिवारसँगै तीन छोरीको समेत बिचल्ली भएको छ । गोविन्दका दाजु र भाइ पनि भारतको महाराष्ट्रमा मजदूरी गर्छन् । गौतमको आइतबार स्थानीय दोदा नदीमा अन्त्येष्टि गरिएको छ ।

    पकाएको खाना पनि खान पाएन : मृतकका बुबा
    घरमा पकाएको खाना समेत खान नपाएर संसारबाट बिदा लिएको घटनाले उनका बाबुलाई थप मर्माहित बनाएको छ । ७० वर्षीय वृद्ध बुबा खिमलालले रुँदै भने – “कल्र्भट निर्माणको विषयलाई लिएर विवाद भएको ठाउँमा गएको छोरो फर्केर आएन । घरमा खाना पकाएर कुरेका परिवारले मृत्युको खबरबाट शोकमग्न बनायो ।” “अब मेरा तीन नातिनीको विचल्ली हुनेभयो” उनले भने – “मेरो त भरोसा नै खोसिएको छ ।”घटनाबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले परिस्थितिलाई सामान्य बनाउन दुवै देशका सुरक्षा निकायबीच पहल भइरहेको जानकारी दिए । “प्रजिअ खनालले भने – “माथिल्लो निकायमा पनि कूटनीतिक पहल भइरहेको छ ।”

    उता एसएसबीका डिआइजी डिएस चौहान नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध खलल पु¥याउने खालका गलत प्रचार हुन नहुने बताउछन । “घटनाका बारेमा हामी पनि दोषीलाई कारबाही गर्छौं” रासससितको कुराकानीमा उनले भने– “सीमाको विवाद दुवै देशका सम्बन्धित निकायको पहलमा समाधान खोजिनुपर्छ ।” दुवै देशका सुरक्षा अधिकारीबीच वातावरणलाई सामान्यीकरण बनाउन निरन्तर समन्वय भइरहेको पनि उनको भनाइ छ ।रातोपाटी बाट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका…

    तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

    बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन…

    लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा

    चुनाव जितेका महावीरले फेरी किताब बेच्न सुरु गरे

    विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति

    सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत

    रामेछापमा रास्वपाका डा.कृष्णहरि बुढाथोकी निर्वाचित

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑