• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

      बालेनले कटाए ७,५०० मत

      सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

      बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

      विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

      काठमाडौंमा बालेनको मत ७ हजार नाघ्यो

    होमपेज / सेतोखबर बिशेष

    गोविन्दले भनेका थिए-‘हस्तक्षेपविरुद्ध लड्नुपर्छ, मरियो भने देशका लागि सहिद भइन्छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २, बुधबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    भीमदत्तनगर, पुनर्वास – कञ्चनपुर पुनर्वास–८ का हस्तबहादुर शाहीलाई गाउँकै युवक गोविन्द गौतमको मृत्युको समाचार पत्याउन गाह्रो भएको छ ।एक साताअघि मात्रै उनीसँग आनन्द बजारमा भेट हुँदा भएको कुराकानी हस्तबहादुर बिर्सन सक्नुहुन्न । त्यो घेट नै गोविन्दसँगको अन्तिम भेट बन्न पुग्यो । गत फागुन २६ गते बिहान ८ बजे आफूसँग भेटेर कुरा गरेको करिब तीन घन्टामै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर गोविन्दको निधन भएको समाचारले हस्तबहादुरलाई छानाबाट खसे झैँ भयो ।

    “कल्र्भट भत्काएको प्रसङ्ग कोट्याउँदै लामो समयदेखि भारतीय पक्षले हेपाह दृष्टि राख्ने गरेको भन्दै गोविन्द निकै आक्रोशित थिए” हस्तबहादुरले भने – “हस्तक्षेपविरुद्ध लड्नुपर्छ, कति सहेर बस्ने, मरियो भने देशका लागि सहिद भइन्छ भन्थ्यो, साँच्चै नै त्यस्तै भयो ।”विसं २०२८ देखि आनन्दबजारमा बसोबास गर्दै आएका हस्तबहादुर शाहीले लामो समयदेखि भारतीय पक्षबाट नेपालीमाथि विभेद र हस्तक्षेप हुँदै आएको बताउँछन् । “अहिले पनि सीमावर्ती भारतीय नागरिकसितको सम्बन्ध हाम्रो राम्रै छ” हस्तबहादुरले भने– “सीमामा भारतीय एसएसबी तैनाथ भएपछि ज्यादती बढ्यो ।”

    कल्र्भट निर्माणस्थलमा आएर गत बुधबार साँझ एसएसबीले आफूहरुको कुनै अवरोध नहुने बताएको भन्दै स्थानीय नेत्रबहादुर शाहीले सोही दिन राति नै एसएसबीले कल्र्भट भत्काएको बताए । “सुरुमा यो तपाइँहरुकै क्षेत्र हो, हाम्रो कुनै असहमति छैन । तर कच्ची संरचना मात्रै बनाउनुस् भने ।” उनले भने– “खै के चित्त बुझिएन, राति नै आएर भत्काए छन् ।” कल्र्भट निर्माण गरेको काङ्ग्री खोलाबाट करिब ४०० मिटर परै नेपाल पर्छ ।केही वर्षअघि सीमासित जोडिएको आफ्नो खेत जोत्दा भारतीय एसएसबीले आफूलाई बाँधेर यातना दिएको गुनासो पोख्दै उहाँले सरकारले सिमा विवाद दीर्घकालीन रुपमा समाधान हुने गरी विकल्प खोज्नुपर्नेमा जोड दिन्छन् । “यसअघि पनि नेपाल–भारतका अधिकारीबीच सीमा चेकजाँचदेखि सबै काम भएकै हुन् ।” भएका सीमास्तम्भ भत्काउने र सीमा मिच्ने काम भारतीय पक्षबाट पटकपटक हुने गरेको छ ।”

    काङ्ग्री खोला तरेर सीमावर्ती भारतीय बसही बजारमा दैनिक किनमेलका लागि जाने आनन्द बजारवासी एसएसबीले गोली हानेर गोविन्दको हत्या गरेपछि त्रासको मानसिकतामा छन् । स्थानीयवासी हस्तबहादुर शाहीले भने – “सीमा कता हो, के हो ? सरकारले स्पष्ट गरोस्, भारतीय जनतासित हाम्रो सद्भाव कायमै छ ।”भारतीय सुरक्षा निकायका कारण दुई देशबीचका नागरिकको सामाजिक सद्भाव खल्बलिने हो कि भन्ने उनको चिन्ता छ । “दुई देशका प्रशासकले हाम्रो समस्या सुल्झाउन नसके संयुक्त राष्ट्र सङ्घलाई गुहार गरेर पनि समस्याको समाधान खोजियोस्” उनले भने ।आफूले १२ वर्षदेखि आफ्नो लालपुर्जा भएको जग्गा भोगचलन गर्न नपाएको स्थानीय तुलसा सुनारको गुनासो छ । “भारतीय जहिले पनि सीमा अतिक्रमणकै मानसिकतामा बसेका हुन्छन् ।, रातारात सीमास्तम्भ गायब पार्ने, अनि सीमा भन्दै नेपाली बस्ती र घर देखाउने काम धेरै नै भयो ।” उनले भने ।

    सीमास्तम्भ नं १९९ देखि २०१ को बीचको क्षेत्रमा लामो समयदेखि सीमा विवाद छ । “२०० नम्बर सीमास्तम्भ हामीले पनि देख्न पाएनौँ ।” उनले भने – “एसएसबी आउँछन् नेपालीका घर देखाएर सीमा यहाँ थियो भनेर दाबी गर्छन् ।”करिब डेढ दशकअघिसम्म सीमा नाकामा कुनै समस्या नरहेको बताउँदै तुलसा सुनार सरकारले सीमा नाकाको समस्या तत्काल समाधान गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिनुहुन्छ । दुई देशबीच उच्च तहको समस्या समाधानको बाटो खोज्नु पर्ने उनको सुझाव छ ।तत्कालीन राजा महेन्द्रले पुनर्वास र दोधारा चादँनी सीमाक्षेत्रमा भूपू सैनिकलाई जग्गा दिएर बस्ती बसालेका थिए । “पुनर्वासमा डेढदेखि तीन बिगाहासम्म जग्गा बाँडेर महेन्द्र राजाले सीमा जोगाउन बस्ती बसालेका थिए ।” हस्तबहादुर शाहीले भने – “दीर्घकालीन सोच राखेर राजाले बनाएको योजना अहिलेका सरकारले निरन्तरता दिनुपर्छ ।” आनन्दबजारमै सशस्त्र प्रहरीको बेसक्याम्प राखिनुपर्ने उनको माग छ ।

    ‘घर बनाउने सपना अधुरै’
    कल्र्भट निर्माणका विषयलाई लिएर एसएसबीको गोली लागेर निधन भएका गोविन्द सहिद घोषित त भए तर उनको घर बनाउने सपना भने पूरा हुन सकेन । “घर बनाउन जग हाल्दै हुनुहन्थ्यो” मृतक गोविन्दका भाउजु शान्ता पौडेलले भनिन– “ऋण काडेर घर बनाउने र विदेश जाने सोचमा हुनुहुन्थ्यो ।”घरका माइला छोरा गोविन्दको पारिवारिक अवस्था निकै नाजुक छ । उनलेको निधनले वृद्ध आमाबुबा र श्रीमती लक्ष्मी भावविह्वल अवस्थामा छन् । गत मङ्सिरमा साउदीबाट आएपछि भारतमा रोजगारीका लागि गएका उनी थिए पाँच दिनमै फर्किएर घर बनाउन सुरु गरेका थिए । उता वैदेशिक रोजगारीमा जान समेत गोविन्दले भिसा प्रक्रिया सुरु गरेको उनको भनाइ छ । उनको निधनले परिवारसँगै तीन छोरीको समेत बिचल्ली भएको छ । गोविन्दका दाजु र भाइ पनि भारतको महाराष्ट्रमा मजदूरी गर्छन् । गौतमको आइतबार स्थानीय दोदा नदीमा अन्त्येष्टि गरिएको छ ।

    पकाएको खाना पनि खान पाएन : मृतकका बुबा
    घरमा पकाएको खाना समेत खान नपाएर संसारबाट बिदा लिएको घटनाले उनका बाबुलाई थप मर्माहित बनाएको छ । ७० वर्षीय वृद्ध बुबा खिमलालले रुँदै भने – “कल्र्भट निर्माणको विषयलाई लिएर विवाद भएको ठाउँमा गएको छोरो फर्केर आएन । घरमा खाना पकाएर कुरेका परिवारले मृत्युको खबरबाट शोकमग्न बनायो ।” “अब मेरा तीन नातिनीको विचल्ली हुनेभयो” उनले भने – “मेरो त भरोसा नै खोसिएको छ ।”घटनाबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले परिस्थितिलाई सामान्य बनाउन दुवै देशका सुरक्षा निकायबीच पहल भइरहेको जानकारी दिए । “प्रजिअ खनालले भने – “माथिल्लो निकायमा पनि कूटनीतिक पहल भइरहेको छ ।”

    उता एसएसबीका डिआइजी डिएस चौहान नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध खलल पु¥याउने खालका गलत प्रचार हुन नहुने बताउछन । “घटनाका बारेमा हामी पनि दोषीलाई कारबाही गर्छौं” रासससितको कुराकानीमा उनले भने– “सीमाको विवाद दुवै देशका सम्बन्धित निकायको पहलमा समाधान खोजिनुपर्छ ।” दुवै देशका सुरक्षा अधिकारीबीच वातावरणलाई सामान्यीकरण बनाउन निरन्तर समन्वय भइरहेको पनि उनको भनाइ छ ।रातोपाटी बाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ८ हजार कटाए बालेनले

    एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

    बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

    ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

    ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    ६६ सय कटाए बालेनले

    बालेनले ६ हजार मत कटाए

    ८ हजार कटाए बालेनले

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑